इलाम – मेची राजमार्गअन्तर्गत इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्म एवं मेची कोरिडोरको केचना कञ्चनजंघा सडकमा रात्रिकालीन सवारीसाधन आवागमन बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेश लगायतका स्थानमा मनसुनी गतिविधिहरू सक्रिय भई हाल उच्च मात्रामा वर्षा भईरहेको हुँदा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको…