मौसम खराब भएपछि त्रिभुवन विमानस्थलका आन्तरिक उडान बन्द

काठमाण्डु - शुक्रबार रातिदेखि परेको अविरल पानीका कारण आन्तरिक तर्फका सबै उडान अहिले बन्द गरिएको छ । पानी परेको कारण आन्तरिक उडान अहिले बन्द भएको हो । भने, अन्तर्राष्ट्रिय तर्फको जहाज उडान भने नियमित भइरहेको छ । त्रिभुवन विमानस्थलका अनुसार अहिले २० मिनेटदेखि आन्तरिक तर्फको सबै उडान बन्द रहेको छ ।