काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेको योगदान सम्झिएका छन् । स्व. गिरिजाबाबुको १००औं जन्मशताब्दी अवसरमा चावहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गिरिजाबाबुले आफूलाई समाएर हिँडे पनि विगतमा गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदाको गल्तीले सधैं पोलिरहेको बताएका हुन्। आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा रहँदा…