ग्लोबल आईएमई बैंकले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत

काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बुधबार काठमाण्डुमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण प्रस्तुत गरेका थिए ।…