काठमाण्डु - आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्दैछ। बिहान ११ बजेदेखि सुरु हुने बैठकमा विनियोजन बजेटमाथि छलफल हुनेछ। आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।…