काठमाण्डु - सर्वोच्चले नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरु करिब करिब नष्ट भएको जनाएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले एक विज्ञप्ति जारी गर्दै नागरिकको न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न चाँडै अदालत सञ्चालनमा ल्याउने उल्लेख गरेका छन् । 'यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वहन गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक…