काठमाण्डु - वर्तमान संक्रमणकालीन अवस्थामा नयाँ सरकार गठनका विषयमा त्रिपक्षीय वार्ता शुक्रबार पनि हुँदैछ । शीतल निवासमा अन्तरिम सरकार गठन गर्न बिहीबार रातिसम्म बसेको बैठकले निष्कर्ष निकाल्न नसकेपछि शुक्रबार बिहान ९ बजे पुनः बस्दैछ । अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा राष्ट्रपति र मुख्य राजनीतिक दलहरूबीच सहमति भए पनि अन्तिम टुंगो लागेको छैन…