नयाँ स्टक एक्स्चेन्ज खोल्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाण्डु– सरकारले नयाँ स्टक एक्स्चेन्ज खोल्न अनुमति दिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। मंगलबार कृष्णबहादुर थापाले सर्वोच्चमा रिट दायर गरेका हुन्। ऐन–नियममा व्यवस्था नभई निर्देशिकामा मात्रै टेकेर नयाँ स्टक एक्स्चेन्जको अनुमति दिन लागेको उनले रिटमा उल्लेख गरेका छन् । मन्त्रिपरिषद् बैठकले पुस ५ गते नयाँ स्टक एक्स्चेन्जको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।…