काठमाण्डु – नेकपा एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमाथिका सबै षड्यन्त्र र आक्रमणविरुद्ध पार्टीपंक्ति एकढिक्का भएर लड्ने बताएका छन् । केन्द्रीय कमिटीको आठौं बैठकको समापनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो महान् कार्यको रिस–डाह गर्नेहरू अनेक लान्छना लगाएर एमालेलाई कमजोर बनाउन लागिरहेका छन् । आपराधिक कुरा गरेर, जनतालाई भ्रममा पारेर एमालेलाई आक्रमण गर्ने काम…