जनकपुरधाम – आसन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारहरूले केन्द्रीय कार्यालयमा करार पत्रमा हस्ताक्षर गर्नुपर्ने भएको छ । शनिबार जनकपुरधाममा रास्वपाद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा पार्टीका प्रवक्ता एवं धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार मनिष झाले करार गर्नुपर्ने जानकारी दिए । कार्यक्रममा बोल्दै झाले अन्य पार्टीहरूसरह घोषणा पत्रको साटो वाचापत्र सार्वजनिक गर्ने पार्टीले…