काठमाण्डु– गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनले प्राकृतिक प्रकोपहरुलाई अझ पेचिलो बनाउदै गएको बताएका छन् । काठमाण्डौंमा बिहीबारदेखि सुरु भएको तेश्रो राष्ट्रिय विपद् जोखिम न्यूनिकरण सम्मेलनको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले विपद जोखिम न्यूनीकरण आजको आवश्कता भएको बताए । “मुलुक भौगोलिक, प्राकृतिक र सामाजिक दृष्ट्रिकोणले विविधतायुक्त देश हो, यहाँको भु–भाग, जलबायु र वातावरणीय संरचनाले गर्दा हाम्रो…