तनहुँवासीको गौरवलाई जीवन्त राख्ने जिम्मेवारी पूरा गर्छौँ : उपसभापति गुरुङ

काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रको संरक्षक गौरवलाई जीवन्त कायम राख्ने जिम्मेवारी तनहुँवासीमा आएको बताएका छन्। तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशी, विदेशी निकायले लोकतन्त्रलाई हराउने प्रयासमा रहेकाले सचेत हुनुपर्नेमा जोड दिए। लोकतान्त्रिक पद्धतिको उपयोग गरी देशको विकास र लोकतन्त्रको संरक्षण गर्ने प्रतिबद्धता रहेको उनले बताए। “तनहुँवासी अहिले भ्रममा परेर अल्मलिने…