नेताले छानेर कर्मचारी माग्दा मन्त्री मोदी हैरान, संघीय निजामती विधेयक चाँडै पास गर्न प्रस्ताव

काठमाण्डु- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघ र प्रदेशका मन्त्री र स्थानीय तहका प्रमुखहरूले अनुकुल कर्मचारी माग्ने कामले मन्त्रालयमा भीड बढेको बताएका छन्। बधबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्त्वका विषयमा आफ्ना कुरा राख्दै उनले सबैले अनुकुल कर्मचारी खोज्दा आफूलाई हैरानी बढेको बताएका हुन्। “एउटा मेयर आउनुहुन्छ, मलाई कर्मचारी चाहियो भन्नुहुन्छ । कर्मचारी पठायो,…