काठमाण्डु - निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ । बुधबार बसेको आयोगको बैठकले उपनिर्वाचन प्रयोजनको लागि मिति २०७९ असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन-२ तथा बारा-२ को लागि २९ लाख रुपैयाँ र र तनहुँ-१ को लागि ३१ लाख रुपैयाँ खर्च…