सर्लाही – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रहरूमा आवश्यक व्यवस्थापन सकिएको छ । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख ऋषिराम पौडेलका अनुसार मतदान केन्द्रहरूमा बुथ व्यवस्थापन, डोरी टाँग्ने, मतदाताको प्रवेश–निर्गमन मार्ग छुट्याउने तथा मतदान कक्ष व्यवस्थित गर्ने लगायत सम्पूर्ण कामहरू…