सिन्धुली – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रिय सभामा कांग्रेस–एमालेको बहुमत पुगेपछि संविधान संशोधन हुने बताएका छन् । बिहीबार सिन्धुलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधनको बहस चले पनि गठबन्धन सरकारको दुवै सदनमा बहुमत पुगेपछि मात्र प्रक्रिया अघि बढ्ने बताए । उनले भने, ‘संविधान संशोधनमा दुवै सदनमा बहुमत…