काठमाण्डु - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती कर्मचारी ऐनलाई अन्तिम रुप दिन काम तिब्र बनाएका छन् । केही दिन यता संघीय निजामत ऐनबारे विज्ञहरुसँग छलफल गरिरहेका मन्त्री मोदीले आज आइतबार पूर्व मन्त्रीहरुसँग परामर्श गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै सम्हालिसकेका पूर्व मन्त्रीहरु हृ्दयश त्रिपाठी, राजेन्द्र श्रेष्ठ, लालबाबु…