काठमाण्डु - विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको विवेकशील साझाले जनाएको छ। महाधिवेसनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महाधिवेसनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित…