युवराज सफलले दिएकाे उजुरीका आधारमा रवि लामिछानेको पासपोर्टमाथि छानबिन सुरू

काठमाण्डु- जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानी लिएको भन्ने विषयमाथि छानबिन सुरु गरेको छ । युवराज पौडेल (सफल) ले मंगलबार दिएको उजुरीका आधारमा सरकारी वकिलको कार्यालयले लामिछानेको राहदानीको विषयमा छानबिन थालेको हो । लामिछानेको राहदानीका विषयमा छानबिन गर्न कार्यालयले अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाण्डु र राहदानी विभागबाट…