बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध नेपालमा जन्मेका कारण पनि नेपाल विश्वमा चिनिएको बताएका छन् । गुरु पद्मसम्भवको जन्म दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनी भएको कारणले गर्दा नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरूको संख्या विश्वमै बढिरहेको बताए । उनले नेपाल वेद र बुद्धको भूमि भएको स्मरण गराउँदै…