रूसमा ४५० वर्षपछि ज्वालामुखी विस्फोट, भूकम्पपछिको असाधारण घटना

काठमाण्डु– रूसको सुदूरपूर्वी कामचटका क्षेत्रमा ४५० वर्षयता पहिलोपटक क्रासेनिनिकोभ नामक ज्वालामुखी विस्फोट भएको छ। यो विस्फोट केही दिनअघि मात्रै त्यही क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको घटनाको रूपमा आएको हो। स्मिथसोनियन इन्स्टिच्युटको ग्लोबल भोल्कानिज्म प्रोग्रामका अनुसार क्रासेनिनिकोभ ज्वालामुखी सन् १५५० मा अन्तिम पटक विस्फोट भएको थियो। रूसी राज्य सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका तस्बिरहरूमा ज्वालामुखीबाट बाक्लो खरानी आकाशतर्फ निस्किरहेको…