महासचिव विप्लवको उद्घोष : समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिन्न

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली विशेषता सहितको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ११औं स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा शनिबार आयोजित सभामा उनले यस दशकलाई राष्ट्रिय स्वाधिनता, समाजवाद निर्माणलाई केन्द्रित गरी आफ्ना कार्यक्रम र राजनीतिक गतिविधि अघि बढाउने धारणा राखे । विगतमा नेकपा माओवादीमा…