एजेन्सी– केरलाको वायनाड लोकसभा सीटमा भएको उपनिर्वाचनमा भारतीय काङ्ग्रेसका उम्मेदवार प्रियङ्का गान्धी वाड्राले तीन लाखभन्दा बढी मतान्तरले अग्रता कायम गरेकी छिन् । गान्धीले ४ लाख ६१ हजार ५६६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टी (भाकपा) का सत्यन मोकरीले १ लाख ५६ हजार ५६६ मत प्राप्त गरेका छन् भने भारतीय जनता पार्टीका नव्य…