खोटाङबाट कांग्रेस नेतृ बजिमय बनिन् प्रतिनिधिसभा सदस्य

खोटाङ - खोटाङका कांग्रेस नेतृ सरस्वती बजिमय समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य चुनिएकी छन् । कांग्रेस केन्द्रीय सदस्य रहेकी बजिमयलाई २४ मंसिरमा बसेको कांग्रेस पदाधिकारी बैठकले समानुपातिक सांसद चुयन गरेको हो । बजिमयको नाम आदिवासी जनजाति महिलाको सुरुमै उल्लेख छ । एकपल्ट प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधिसभा सदस्य चुनिने प्रयास असफल भए पनि बजिमय दोस्राेपल्ट समानुपातिक सांसद बनेकी…