मुगुमा कांग्रेस र एमालेलाई कडा चुनौती दिँदै नेकपा र रास्वपा

काठमाण्डु - एक मात्र निर्वाचन क्षेत्र रहेको मुगुमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर चुनावी चहलपहल बढेको छ । विशेषगरी राजनीतिक दलहरुबीच यहाँ कडा प्रतिस्पर्धा हुने चर्चा छ । मुगुमा परम्परागत दुई शक्ति नेपाली कांग्रेस र नेकपा (एमाले)लाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कडा चुनौती दिएका छन् । मुगुमा यस पटक त्रिपक्षीय…