निःशुल्क उपचारबाट खुशी जलनपीडितले स्वास्थ्य मन्त्री पौडेललाई भने-‘धन्यवाद मन्त्रीज्यू’

काठमाण्डु- पीडितको उपचारका लागि बेग्लै वार्ड तथा नसक्नेहरुका लागि निःशुल्क उपचारको व्यवस्था गरिदिएको भन्दै जलनपीडितहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई धन्यवाद दिएका छन् । मन्त्रालयमा गएका जलन उपचार अभियन्ता उज्वलविक्रम थापा, सांसद विन्द्यवासिनी कंशकारसहितका जलनपीडितहरुले विगतमा पटक पटक आवाज उठाउँदै आए पनि जलनपीडितका पक्षमा महत्वपूर्ण निर्णय गरेको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिएका हुन् ।…