प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधि सभा बैठक शनिबार बिहान ११ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । सम्बोधनका क्रममा उनले शनिबारबाट गर्न लागेको स्पेन भ्रमणबारे संसदमा जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने छन्…