कैलाली-५ मा हरेक निर्वाचनमा नयाँलाई अवसर

काठमाण्डु - कैलाली-५ सुदूरपश्चिम प्रदेशको राजधानी हो । राजधानी मात्र नभई यो क्षेत्र सुदूरपश्चिम प्रदेशका अन्य क्षेत्रको तुलनामा शिक्षित मतदाता भएको क्षेत्र पनि हो । विगत देखि नै कैलाली–५ का मतदाताले स्वविवेक प्रयोग गरेको पाइन्छ । २०६४ को निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट लिला भण्डारीले साविकको कैलाली–६ (हाल क्षेत्र नम्बर–५) बाट संविधान सभाको निर्वाचन जितेकी…