काठमाण्डु- पाकिस्तानलाई हराउँदै हङकङ सिक्सेस क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ।आइतबार भएको फाइनलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै श्रीलंकाले उपाधि हात पारेको हो। टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ५ ओभर २ बलमा ७२ रन बनाएर अलआउट भयो।पाकिस्तानले दिएको ७३ रनको लक्ष्य श्रीलंकाले ५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो। सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै पाकिस्तान तथा बंगलादेशलाई…