काठमाण्डु-थाई एयर एसियाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट बैंकक–भैरहवा–बैंकक उडान थालेको छ । आइतवार बिहान ६ बजेर ५५ मिनेटमा थाई एयर एशियाको ए–३२० जहाज चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाज ७ बजेर ४० मिनेटमा बैंकक प्रस्थान गरेको थियो । भैरहवा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी र पर्यटन व्यवसायीले विमान र यात्रुलाई स्वागत…