भोलि भाइटीकाको दिन यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डु – तिहारको अन्तिम दिन भोलि आईतबार भाइटीका धुमधामसँग मनाइँदैछ । आईतबार पहाडी क्षेत्रमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले आईतबार दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थान, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा…