काठमाण्डु–नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस भएका छन् । माओवादी केन्द्रको जाजरकोट जिल्ला समन्वय समितिले बिहिवार प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत बस्नेतको नाम पठाएको हो । बस्नेत यसअघि ०७० र ०७४ मा जाजरकोटबाट प्रतिनिधिसभाको सदस्यका रुपमा निर्वाचित भएका थिए । उनले यसअघि स्वास्थ्य, वन र गृहमन्त्रीको रुपमा काम समेत गरिसकेका छन् ।…