काठमाण्डु - बङ्गालको खाडीमा विकसित भएको मोन्था नामक चक्रवात हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको छ । सो प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारदेखि मौसममा क्रमिक रूपमा सुधार हुने देखिन्छ । साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको…