काठमाण्डु - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हिपहप गायक यमबुद्धको सालिक निर्माण गर्ने काठमाण्डु महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताएका छन् । महानगरपालिकाको सो निर्णय विवादमा तानिएको बेला उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको शालिक निर्माण गर्ने निर्णय स्वागतयोग्य रहेको बताएका हुन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो…