वर्षाले मुख्य राजमार्गहरू अवरुद्ध, बीपी राजमार्ग एकतर्फी सञ्चालनमा, दाउन्ने सडक खण्ड पनि बन्द

काठमाण्डु - अविरल वर्षा र बंगालको खाडीबाट विकसित चक्रवात मोन्थाका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध भएको छ । नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका सडक सञ्जालमा ठूला अवरोधहरू देखिएका छन् । संखुवासभाको भोटखोला गाउँपालिका– ४, बरुणखोला क्षेत्रमा निरन्तर वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।…