काठमाण्डु – नेकपा एमालेले अघिल्लो निर्वाचनको तुलनामा पार्टीभित्रैबाट अन्तर्घात बढेको निष्कर्ष निकालेको छ । एमालेको जारी सचिवालय बैठकमा पार्टीको निर्वाचन विभागले पेस गरेको स्थानीय तह निर्वाचन २०७९ को समीक्षा प्रतिवेदनमा चुनावमा अन्तर्घात देखिएको तथा टिकट वितरणमा समस्या आउँदा अपेक्षित नतिजा नआएको औंल्याइएको छ । ‘गठबन्धन तथा पार्टी विभाजनलगायतको प्रतिकुलतामा समेत प्राप्त परिणाम राम्रो पक्ष रहेको…