राप्रपा महामन्त्री राणा हाजिर जमानीमा रिहा

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । उनलाई आइतबार राति रिहा गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको छ । प्रहरीले राणाको मुखमा क्यान्सर भएकाले उपचारका लागि भनेर हाजिर जमानीमा…