बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित गर्ने कांग्रेसको चेतावनी

काठमाण्डु- सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी दिएका हुन् । बागी उम्मेदवारहरूलाई आज बेलुका ५ बजेभित्र दर्ता गराइएको उम्मेदवारी फिर्ता लिन पनि निर्देशन दिइएको छ ।…