स्थानीय निर्वाचन : आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिँदै

काठमाण्डु - निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्ने भएको छ । शुक्रबार उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज चुनाव चिह्न प्रदान गर्न लागेको हो । निर्वाचनका लागि दर्ता भएका दलहरूले आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले चिह्न प्रदान गर्नेछ ।…