काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच स्थानीय चुनावी तालमेल गर्ने सहमति भएको छ । बुधबार एमाले पार्टी कार्यालय थापाथलीमा शीर्ष नेताहरूको उपस्थितिमा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको हो । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका…