गुल्मी - नेकपा एमालेले रेसुंगा नगरपालिकाको मेयर पदको उमेदवारको रूपमा इन्जिनियर राजेन्द्र पाण्डेको नाम सर्वसम्मत रूपमा टुङ्गो लगाएको छ । मंगलबार पाण्डेलाई नगरकमिटीले सर्वसम्मत उम्मेदवार बनाएपछि जिल्लामा चर्चा र ऊर्जा सुरु भएको छ । निजामती सेवामा ३२ वर्ष बढी सेवारत पाण्डे सहरी विकास मन्त्रालयको सिनियर डिभिजन इन्जिनियर पदबाट भर्खरै सेवा निवृत्त भएका थिए । पाण्डेले…