एकीकृत समाजवादी : स्थानीय तहका सबै पदमा नाम माग्ने, भागमा परेको पदमा मात्र उम्मेदवारी दिने

काठमाण्डु- एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि सबै स्थानीय तहबाट उम्मेद्वारको नाम माग्ने भएको छ । पार्टीको २० औं केन्द्रीय सचिवालय बैठकले आगामी २० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सबै स्थानीय तहबाट पार्टीको तर्फबाट उम्मेदवारको नाम माग्ने निर्णय गरेको हो । तर, उम्मेद्वारी भने गठबन्धनबाट आफ्नो भागमा परेको स्थानीय तहबाट मात्र दिने भएको हो…