काठमाडौं - राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार शुक्रबार राति अबेरसम्म ५१ जनालाई पक्राउ गरिएको हो । अमानवीय, अमर्यादित र गैरकानुनी आपराधिक गतिविधिमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा राप्रपामा वरिष्ठ उपाध्यक्ष…