कांग्रेसद्वारा निर्वाचन परिचालन र प्रचार–प्रसार समिति गठन

काठमाण्डु – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको कांग्रेसले जनाएको छ । यस्तै प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ…