पूर्वराजालाई प्रचण्डको चेतावनी- मूर्ति चोर र आफ्नै वंश मास्नेले फेरि आएर चुरीफुरी नदेखाए हुन्छ

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोरको आरोप लगाएका छन्। शुक्रबार सिन्धुपाल्चोक मेलम्चीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पूर्वराजालाई भाइ मारा र मूर्ति चोरको आरोप लाएका हुन् । पूर्वराजाको पछिल्लो सक्रियातामाथि टिप्पणी गर्दै उनले आफ्नै वंश मास्नेले आएर फेरि धाक नलगाउन र धेरै चुरीफुरी नगर्न चेतावनी समेत…