काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो गण्डकी, बागमती र कोशी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भएको जनाएको छ । राजधानी काठमाण्डुमा समेत वर्षा भएको छ । आगामी २४ घण्टामा देशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले…