कांग्रेस–एमाले सरकारले अलोकप्रिय काम गरेकाले राजावादी सक्रिय भए : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

कांग्रेस–एमाले सरकारले अलोकप्रिय काम गरेकाले राजावादी सक्रिय भए : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले अलोकप्रिय काम गरेका कारण राजावादी सक्रिय भएका बताएका छन् ।

प्रेस सेन्टर नेपाल दोलखा जिल्ला समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता श्रेष्ठले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा मात्रै लिप्त भएको आरोप लगाए ।

गणतान्त्रिक व्यवस्थालाई चुनौती दिन खोजिएको भन्दै माओवादीले त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी उनले दिए । प्रतिगामी शक्तिविरुद्ध सडकबाटै जवाफ दिने गरी पार्टीले छलफल थालेको उनले बताए ।

उनले भने, ‘अहिले लोकतान्त्रिक उपलब्धिलाई खोस्ने वा अपहरण गर्ने प्रवृत्ति निर्णायक विन्दुमा पुगिसकेको ठानेर अभियान स्थगित गरेका हौं । त्यो प्रयत्न पहिलेभन्दा सुनियोजित र व्यवस्थित रूपमा बढिरहेको हाम्रो निष्कर्ष हो । त्यसैले हामीले संसद् भित्रको भूमिका प्रभावकारी बनाउनुपर्‍यो । राष्ट्रिय राजनीतिको हस्तक्षेपलाई पनि हामीले केन्द्रबाट अगाडि बढाउनुपर्छ भनेर केही दिन कार्यक्रम फेरेको हो । अब अभियानलाई निरन्तरता दिन्छौं ।’