छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ६ जनाको मृत्यु

छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ६ जनाको मृत्यु

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

सुनसरीको हरिनगरा गाउँपालिका–४ स्थित सडकमा ईनरूवाबाट हरिनगरातर्फ जाँदै गरेको प्र २–०१–००१ त २४७१ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय उमेश महतोको बिहीबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सुनसरी ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पूर्वको विनयी त्रिबेणी गाउँपालिका–२ ज्यामिरे चेक पोष्ट नजिक सडकमा बर्दियाबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०१९६ नम्बरको बस अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा बसमा सवार ललितपुर महानगरपालिका–१४ बस्ने ६३ वर्षीया ममता कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मध्यविन्दु प्रादेशिक अस्पताल डाण्डामा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर चोकस्थित सडकमा बागमती प्रदेश ०३–००१ ख १८८४ नम्बरको ट्रकले बा३१प ४४४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–६ बस्ने ३६ वर्षीय श्याम कृष्ण कायस्थको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर ईन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुरको ललितपुर महानगरपालिका–१३ थसीखेलस्थित सडकमा चापागाउँबाट एकान्तकुनातर्फ आउँदै गरेको बा१प ८७० नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको बुधबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सातदोबाटोस्थित गणेशमान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–९ खोपिस्थित सडकमा एएस–०२–४७७५ नम्बरको रथ बुधबार राति पल्टिएर दुर्घटना हुँदा रथमा सवार भारत बिहार सितामढी सोनबर्षा बस्ने रूदल रामको छोरा १२ वर्षीय आदित्य रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी एकेडेमी पर्सा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका रथमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार रथ चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिराहाको धनगढीमाई नगरपालिका–३ कुरूवा टोलस्थित सडकमा हाल नम्बर नखुलेको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सेवका रामको छोरा ८ वर्षीय अजित रामको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार कार र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।