यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो गण्डकी, बागमती र कोशी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भएको जनाएको छ ।

राजधानी काठमाण्डुमा समेत वर्षा भएको छ । आगामी २४ घण्टामा देशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले वर्षा र हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

महाशाखाले शुक्रबार कोशीका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही १–२ स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ । बागमतीका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुनेछ ।

गण्डकी प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाको अनुमान छ ।

लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही १–२ स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनीका तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ ।

कर्णाली प्रदेश हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही १–२ स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।