कोशी प्रदेश प्रमुख खापुङद्वारा ५ विधेयक प्रमाणीकरण

कोशी प्रदेश प्रमुख खापुङद्वारा ५ विधेयक प्रमाणीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार ५ विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सभाबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुखबाट प्रमाणित भएका विधेयकहरू प्रमाणीकरण गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालय कोशी प्रदेश विराटनगरका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बिहीबार प्रमाणीकरण गरिएका छन् ।

प्रमाणीकरण भएका विधेयकमा प्रदेश जीवनाशक विषादी व्यवस्था गर्न बनेको विधेयक २०८१, प्रदेश बीउबिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०८१, प्रदेश भवन ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ र कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ रहेका छन् ।